समाज

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

इकागज | बैशाख २१, २०८१
काठमाडौँ- राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।  आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो ।  आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुना...