समाज

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर, घरमा न ढोका छ न त झ्याल

इकागज | पुस १२, २०८०
नवलपरासी - चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ  । स्थानीय शान्ति मुसहरले भनिन्, 'जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ।' ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्...