समाज

कमला नदीमा जल सतह बढ्दै

इकागज | भदौ ८, २०८०
सिरहा- निरन्तर वर्षाका कारण कमला नदीमा जल सतह बढ्दै गएको छ । कमला नदीको बेलसोत सिन्धुली जल मापन केन्द्रका अनुसार नदीमा जल सतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ । कमलामा जल सतह बढेसँगै सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।