समाज

बाढीपहिरोले मुहान बगाउँदा ताप्लेजुङमा खानेपानी समस्या

इकागज | असार ६, २०८०
फुङ्लिङ । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको मुहानमा क्...