विश्व

कम्बोडियामा डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु

इकागज | असोज २८, २०७९

नोमपेन्ह- कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।     
    
सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।    
    
‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भनेका छन् ।  पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले जनाएका छन् ।    
    
एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गर्नु भएको छ ।डुङ्गा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन्् । नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुङ्गा रहेको छ ।     रासस/एएफपी

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

इकागज | असोज २८, २०७९

साओ पाओलो  - ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय स्वास्थ्यकर्मी...

जर्मनमा स्वास्थ्यमन्त्री अपहरणको योजना बनाएको आरोपमा एक पक्राउ

इकागज | असोज २८, २०७९

बर्लिन- जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी ...

युक्रेनको पूर्वी दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

इकागज | असोज २६, २०७९

मस्को- युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलाम...