विश्व

न्युयोर्कमा पनि दीपावलीको बिदा

इकागज | कात्तिक ४, २०७९

न्युयोर्क-आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । 

न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ । 

प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् । दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ । एएनआई

इमरान खानलाई पाँच वर्ष चुनाव लड्न अयोग्य ठहरपछि निर्वाचन आयोग बाहिर तनाव

इकागज | कात्तिक ४, २०७९

लाहोर- निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर ग...

बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

इकागज | कात्तिक ३, २०७९

लन्डन- बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्...

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

एजेन्सी | कात्तिक ३, २०७९

जाकार्ता- इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित ...

इरानका सर्वोच्च नेताको प्रशंसा गर्न अस्वीकार गरेपछि  सुरक्षकर्मीको कुटपिटमा छात्राको मृत्यु

इकागज | कात्तिक ३, २०७९

तेहरान- उत्तर–पश्चिम इरानमा गत हप्ता एक १५ वर्षीया एक किशोरीको सुरक्षा बलले कुटपिट गर्दा मृत्यु भए...

रूसले 'मार्शल ल' लागू गरेपछि भारतले आफ्ना नागरिकलाई भन्यो- छिटोभन्दा छिटो युक्रेन छाड्‍नुस्

इकागज | कात्तिक ३, २०७९

नयाँ दिल्ली- भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गर...

बेलायतकी गृृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

इकागज | कात्तिक ३, २०७९

लन्डन - बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । ...