विश्व

आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल

इकागज | कात्तिक २, २०७९

रियाद- साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको उनको छोरालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो । 

उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाहविपरीत हो । साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाए । आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन् ।

जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो । अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको थियो । एजेन्सी

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

इकागज | कात्तिक २, २०७९

वर्लिन - जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक ...

बाइडनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत

इकागज | कात्तिक १, २०७९

इस्लामाबाद- पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले पाकिस्त...

इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

इकागज | असोज ३१, २०७९

तेहरान- तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको जनाइएक...

पूर्वीयुरोप र मध्ये एसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिए : युनिसेफ

इकागज | असोज ३१, २०७९

न्युयोर्क- युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वीयुरोप र मध्यएसियाका ४० लाख बालबालिका ...