विश्व

पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु

इकागज | असोज २१, २०७९

काठमाडौँ- पाकिस्तानको पञ्जाव राज्यमा आगलागीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । पञ्जाबको फैसलाबाद शहरको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ ।

शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा बिद्युत चुहावट हुँदा भचएको आगलागीका कारण दुर्घटना भएको हो ।

उद्धारकर्मीका अनुसार उक्त भवनमा करिब ३४ जना बस्दै आएका थिए ।   मृत्यु हुनेमा दुई बालक र दुई बालिका रहेका छन् भने एक बालिका बेपत्ता भएको र बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको उद्धारकर्मीले बताएका छन् । 

थाइल्यान्डमा बन्दुकधारीले आक्रमण गर्दा ३४ जनाको मृत्यु

इकागज | असोज २०, २०७९

काठमाडौँ- थाइल्यान्डमा एक बन्दुकधारीले बालबालिका हेरचाह केन्द्रभित्र गोली प्रहार गर्नुका साथै चक्कले आक्रमण...

सन् २०२२ मा नौ लाख भन्दा बढी पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

इकागज | असोज १९, २०७९

काठमाडौँ- श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।...

जापानले ग्यास अभावलाई सम्बोधन गर्न शहरमा प्रयोगलाई सीमित गर्ने

इकागज | असोज १९, २०७९

काठमाडौँ- जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरिदल...

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई

इकागज | असोज १८, २०७९

काठमाडौँ- यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा एलेन आस्पेक्ट, जोन क्लाउसर र एन्टन जेइ...