विश्व

बंगलादेशमा डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

इकागज | असोज ११, २०७९

ढाका - बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही  बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

खचाखच तीर्थयात्रीले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । 

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । क्षममताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु

इकागज | असोज १०, २०७९

किभ- युक्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसदसहित दुई जनाको मृत्यु भ...

अमेरिकाले रुसलाई भन्यो- आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौँ

इकागज | असोज १०, २०७९

न्युयोर्क- अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्को...