विश्व

१० जनामा कोभिड देखिएपछि चिनियाँ सहर सेन्जेनमा लकडाउन

इकागज | असोज १२, २०७९

बेइजिङ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन  घोषणा गरेपछि सर्बसाधरणले विराध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ । एजेन्सी

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुनःजीवित पार्न आह्वान

इकागज | असोज १२, २०७९

जेनेभा- विश्व व्यापार संगठन (डब्लूटीओ) ले  विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण...

आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए

इकागज | असोज ११, २०७९

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला ...

पुटिनको आंशिक परिचालनको आदेशमा त्रुटिपूर्ण भएको मस्कोद्वारा स्वीकार

इकागज | असोज ११, २०७९

मस्को- बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संके...