विश्व

युगान्डामा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

इकागज | भदौ २२, २०७९

कम्पाला - युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिराले पुरिएर १५ जनाको ज्यान गएको छ । पहिराले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस) ले जनाएको छ । 

यूआरसीएसका अनुसार ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मंगलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशंका गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।

विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढीपहिरोको घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ । शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।

बेलायतको तेस्रो महिला प्रधानमन्त्री बनेकी लिज ट्रस को हुन् ?

इकागज | भदौ २२, २०७९

लन्डन - लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थ...

अमेरिकाले आणविक वार्तामा थप माग गर्न बन्द गर्नुपर्ने इरानको धारणा

इकागज | भदौ २२, २०७९

तेहरान - इरानले सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्तामा अमेरिकाले थप मागहरू गर्न बन्द गर्न...