विश्व

युक्रेनले मनायो ३१औँ स्वतन्त्रता दिवस

इकागज | भदौ ९, २०७९

किभ- रुसी हमलाबीच युक्रेनले आफ्नो ३१औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएकोे सम्झनामा २४ अगष्टलाई युक्रेनले हरेक वर्ष स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । 

स्वतन्त्र दिवसकै दिन रुसी सेनाले युक्रेनको एउटा यात्रुबहाक रेलमा मिसाइल हमला गरेको छ । नीपर नदीबाट करिब ६० माईल पूर्वमा रहेको चापलिन सहरमा रहेको यात्रुवाहक रेलमा रुसी रकेट प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्वतन्त्रता दिवस मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारण नागरिकहरूलाई घरबाहिर निस्कन र जमघट गर्न प्रतिबन्ध लगाएका थिए । 

यसैबीच, मस्कोले किभमाथि हमला गरेको पनि ६ महिना पूरा भएको छ । एजेन्सी

पोपले दिए जापोरिज्जिया प्लान्टमा सम्भावित ‘आणविक प्रकोप’को चेतावनी

इकागज | भदौ ८, २०७९

काठमाडौं– पोप फ्रान्सिसले युक्रेनमा युद्ध अन्त्य गर्न र जापोरिज्जिया आणबिक प्लान्टमा आणविक प्रकोपको जो...

फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरका महिलाले सेयर गरे भिडियो

इकागज | भदौ ८, २०७९

हेलसेन्की- फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक स...

जेलेन्स्कीले क्राइमियामा युक्रेनी शासन पुनर्स्थापित गराउने वाचा गरे

इकागज | भदौ ७, २०७९

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कीभले रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनी शास...

हेर्नुहोस् जेम्स वेब टेलिस्कोपले खिचेको बृहस्पति ग्रहको सुन्दर तस्बिर

इकागज | भदौ ७, २०७९

काठमाडौंँ– विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोप जेम्स वेब टेलिस्कोप...