विश्व

पाकिस्तानले गर्‍यो अन्तर्राष्ट्रिय सहयोगको अपील

इकागज | भदौ १२, २०७९

काठमाडौंँ – पाकिस्तनमा आएको बाढीले १०३३ जनाको मृत्य भएपछि अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । गत हप्ता आएको बाढीमा परेर हालसम्म एक हजारबढीले ज्यान गुमाएपछि पाकिस्तानी सरकारले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको हो ।

पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा थप ११९ जनाको मृत्यु भएको अल जजिराले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । सो पश्चात पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । मानिसहरूलाई उच्च, सुक्खा जमिनको खोजी गर्न बाध्य बनाएको बाढीले देशलाई विनाशको संघारमा पुर्‍याएको अल जजिराले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । योसँगै मनसुनी वर्षाबाट मृत्यु हुनेको संख्या १ हजार ३३ पुगेको छ । ‍ ‘प्रकोपको अपीलमा अमेरिका, बेलायत, युएई र अन्यले योगदान दिएका छन् तर थप कोष आवश्यक छ,’ अधिकारीहरूले भने । ‘पाकिस्तानको सरकारले सक्दो सहयोग गरिरहेको छ,’ उनीहरू थपे । 
 

पैगम्बर माेहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

एजेन्सी | भदौ १२, २०७९

नयाँ दिल्ली- भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर माेहम्मदको बारेमा विवादास्पद टिप्पणी गर...

पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल

एजेन्सी | भदौ १२, २०७९

इस्लामाबाद- बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । ...