विश्व

दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख इनाम दिइने

इकागज | भदौ १६, २०७९

नयाँ दिल्ली- भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयुक्त राष्ट्रसङ्घ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ घोषित गरेको र भारतको गैर–कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचिकृत दाउद इब्राहिमले डी–कम्पनी नामको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल चलाइरहेका छन् ।'

विज्ञप्तिमा भनिएको छ, ’इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतङ्कवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक संगठन सञ्चालन, सम्पत्ति शुद्धिकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतङ्कवादी धन सङ्कलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर–ए–तैएबा, जैश–ए–मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन् ।'

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिब्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ । एएनआई

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

इकागज | भदौ १६, २०७९

पोर्चुगल– पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मं...

घूस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री रजाककी पत्नी दोषी ठहर

एजेन्सी | भदौ १६, २०७९

क्वालालम्पुर- घूस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् ...

आणविक संयन्त्रलाई सुरक्षित रूपमा सञ्चालन गर्न मस्को ‘सबै प्रयास गर्दैछ’ : रुसी विदेशमन्त्री

इकागज | भदौ १६, २०७९

काठमाडौं – रुसका विदेशमन्त्री सर्गेई लाभरोभले जापोरिज्हिया आणविक प्लान्ट सुरक्षित रूपमा सञ्चालन गर्न...

उइघुरहरूमाथि चीनले गरेको व्यवहार मानवताविरुद्धको अपराध : राष्ट्र संघ

इकागज | भदौ १६, २०७९

काठमाडौं– संयुक्त राष्ट्र संघका मानवअधिकार आयुक्तले उइघुरहरूमाथि चीनले गरेको व्यवहार मानवताविरुद्...

५० प्रतिशत बढी अमेरिकीहरू भन्‍छन्- अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती

इकागज | भदौ १६, २०७९

वासिङ्टन- संयुक्त राज्य अमेरिका अफगानिस्तान युद्धबाट पछि हटेको एक वर्ष पुग्दासन् २००१ मा अफगानिस्तानबाट से...