विश्व

महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा चार्ल्स तृतीय बने

इकागज | भदौ २४, २०७९

काठमाडौँ- बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो । 

'आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ' विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ 'राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।'

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए ।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए ।

महारानी द्वितीयबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले 'महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको' बताएकी छन् 

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् ।

'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ' राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने 'मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।' 

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ : राष्ट्रपति पुटिन

इकागज | भदौ २३, २०७९

मस्को । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि ...

बेलायतका प्रधानमन्त्री ट्रसले गरिन् इन्धनको मूल्य घटाउने प्रतिबद्धता

इकागज | भदौ २३, २०७९

लण्डन - बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको संकटलाई कम गर्न घरेलु इन्धनको मूल्य नि...

सी जिनपिङ र भ्लादिमिर पुटिन बैठकः चीन र रूसबीचको न्यानो सम्बन्धको नवीनतम संकेत

इकागज | भदौ २३, २०७९

काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी भेटलाई विश्...