विश्व

जापानमा ठूलो आँधीको चेतावनी

इकागज | असोज २, २०७९

जापान - जापानको मौसम विज्ञान विभागले ठूलो आँधी र वर्षा हुने सम्भावना भएकोले सुरक्षित रहन अनुरोध गरेको छ । शनिबार दक्षिणी क्युशुतर्फ आउँदै गरेको आँधीको धेरै जोखिम रहेको विभागले जनाएको छ ।

आँधीबाट अकल्पनीय क्षति हुनसक्ने समेत चेतावनी सरकारले दिएको छ । खागोसिमा मियाजीकी र क्युशु क्षेत्रका विभिन्न क्षेत्रका नागरिकलाई सुरक्षित भवनमा गई आश्रय लिन र सुरक्षित बस्न अपिल गरेको छ ।

यस वर्षको आँधी शक्तिशाली भएको विभागले बताएको छ । मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका प्रमुखले भनेँ 'कागोसिमा प्रिफेक्चरले कहिल्यै अनुभव नगरेको आँधी, उच्च छाल र आँधीबेहरी अनुभव गर्नेछ’।

खागोसिमा वासीलाई हाइअलर्टमा रहन समेत मौसम एजेन्सीले सचेत गराएको छ ।

ठूलो बर्षा र  हावा चल्ने जोखिम पनि रहेको छ। आँधी र बर्षा पछिको बाढीका कारण डुबानमा परेका क्षेत्रहरू साथसाथै  प्रकोप चेतावनीका क्षेत्रहरू आँधी सुरु हुनुअघि नै खाली गर्न अनुरोध गरिएको छ ।

जापानमा क्षति हुन नदिन या क्षति कम गर्न प्राकृतिक प्रकोपमा पूर्व तयारीबारे जनतालाई सचेत रहन भनेको छ ।  

युक्रेनको पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान भेटियो

इकागज | भदौ ३१, २०७९

किभ -​ युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका...

पुटिन र सीबीच भेटवार्ता हुँदै, युक्रेन युद्धबारे छलफल हुने

इकागज | भदौ ३०, २०७९

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय त...

श्रीलङ्काले सन् २०२३ देखि कृषिमा आधुनिकीकरण सुरु गर्ने

इकागज | भदौ ३०, २०७९

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने...