विश्व

इरानमा प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

इकागज |
असोज ११, २०७९ मंगलबार ८:२३ बजे

फाइल तस्बिर

पेरिस- इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्ुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ ।


हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । एजेन्सी


Author

थप समाचार
x