विश्व

फिलिपिन्सको आँधीमा चार उद्धारकर्मीको मृत्यु

इकागज |
असोज १०, २०७९ सोमबार ११:४९ बजे

मनिला- फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

बुलाकान क्षेत्रका गभर्नर ड्यानियल फर्नान्डोले प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका पाँच जना कर्मचारीलाई सान मिगुएल जिल्लामा उद्धार कार्य गरिरहेको बेला बाढीले बगाएको बताए ।


देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा (१४९ माइल प्रतिघण्टा) सम्मको आँधी आएको छ । 

लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको  मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ । एजेन्सी


Author

थप समाचार
x