विश्व

बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

इकागज | कात्तिक ९, २०७९

ढाका- बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ । 

आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको बताइएको छ । 

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर, वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । 

सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो । 

अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए ।

सो आँधीको गति ८० किलोमिटर (५५ माइल) प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ । एएफपी

फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प

इकागज | कात्तिक ९, २०७९

मनिला- उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी ...

२०औँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनको व्यवस्था हुँदै

इकागज | कात्तिक ९, २०७९

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिपिसीको आइतबार सम्पन्न...

आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

इकागज | कात्तिक ८, २०७९

लण्डन- बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रत...

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित : विश्व बैंक

इकागज | कात्तिक ८, २०७९

वासिङ्टन- अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । ...

२०औँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई सीको निर्देशन

इकागज | कात्तिक ८, २०७९

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न...