विश्व

ब्राजिलमा राष्ट्रपति निर्वाचन : सिल्भाको कमव्याक

इकागज | कात्तिक १४, २०७९

रियो दि जेनेरियो- दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए । 

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् । एजेन्सी
 

युरोपेली संघले पारित गर्‍यो सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव

इकागज | कात्तिक १२, २०७९

युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरे...

चिनियाँ राष्ट्रपति सीले साउदी अरबको भ्रमण गर्ने अपेक्षा

इकागज | कात्तिक १२, २०७९

रियाद- चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका विदेशमन्त्रीले बताएक...