विश्व

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

इकागज | कात्तिक २०, २०७९

नयाँदिल्ली- भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका  क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकांकले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा  सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ ।

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजिनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार  नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको सिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवं उपचार खोजेका छन् । 

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सहभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् । सिन्ह्वा

श्रीलंकामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

इकागज | कात्तिक १९, २०७९

कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलंकाको पर्य...

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

इकागज | कात्तिक १९, २०७९

पेरिस- विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू...

इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

इकागज | कात्तिक १९, २०७९

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सड...

रुसले विभिन्न अभियोगमा जेल जीवन बिताएकालाई युक्रेन युद्धमा परिचालन गर्ने

इकागज | कात्तिक १९, २०७९

मस्को- रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई  कानुनमा परिवर्तन गरेर य...

युक्रेनको खेर्सन क्षेत्रबाट सर्वसाधारणलाई हटाइने, द्वन्द्व चर्किने संकेत

इकागज | कात्तिक १९, २०७९

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निका...