विश्व

जी २० सम्मेलनमा सी र बाइडनबीच भेटवार्ता हुने

इकागज | कात्तिक २६, २०७९

बेइजिङ- चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडनलाई भेट्ने भएका छन् ।

बेइजिङको विदेश मन्त्रालयले सीले बाइडनलाई भेट्ने पुष्टि गरेको छ हो । चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ । 

जनवरी २०२१ मा बाइडनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो । त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए । तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा सीले आगामी हप्ता नोभेम्बर १४ देखि १७ तारिखसम्म बालीमा बाइडन र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोन, साथै सेनेगलका म्याकी साल र अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए। एजेन्सी

टोंगामा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

इकागज | कात्तिक २६, २०७९

टोंगा- टोंगामा शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको सम...

दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी

इकागज | कात्तिक २६, २०७९

किभ- किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीले द...

ब्रसेल्समा छुरा प्रहार : एक प्रहरी अधिकारीको मृत्यु, एक घाइते

इकागज | कात्तिक २६, २०७९

ब्रसेल्स- बेल्जियमको राजधानी ब्रसेल्समा छुरा प्रहारबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने एक जना घाइते...

न्युजिल्याण्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावित : अध्ययन

इकागज | कात्तिक २६, २०७९

वेलिङ्गटन- कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरे...