विश्व

ट्रम्पको ट्वीटर आइतबारदेखि पुनः सञ्चालनमा

इकागज | मंसिर ४, २०७९

वाशिङ्गटन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

इलोन मस्कले आइतवार ट्रम्पको ट्वीटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन् । 'मानिसहरूले बोलेका छन् । ट्रम्पलाई पुनर्स्थापित गरिनेछ । भोक्स पोपुली, भोक्स देई,' मस्कले ट्वीट गरेका छन् ।

भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ 'जनताको आवाज ईश्वरको आवाज' भन्ने हुन्छ। यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्वीटरमा पुनः देखा  परेको छ । 

पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्वीटर खाता शनिबार प्लेटफर्ममा पुन: देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् । हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो ।

ट्वीटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका  थिए ।

सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका  थिए । एएनआई  

रुसको दक्षिणपूर्वी टापुमा ग्यास विस्फोट, ४ बालबालिकासहित ९ जनाको मृत्यु

इकागज | मंसिर ४, २०७९

मस्को - रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएक...

एसिया–प्रशान्त क्षेत्र कसैका शक्ति प्रदर्शन गर्ने आँगन होइन : चिनियाँ राष्ट्रपति सी

इकागज | मंसिर ३, २०७९

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकर...

फ्रान्सले एसिया–प्रशान्त क्षेत्रमा ‘मुठभेड’ नहोस् भन्ने चाहन्छ : म्याक्रोँ

इकागज | मंसिर २, २०७९

बैंकक- फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले एसिया–प्रशान्त क्षेत्रसँग फ्रान्सको सम्लग्नताका लागि आफ्नो...

गाजा सहरको एउटा घरमा भीषण  आगलागी हुँदा सात बालबालिकासहित कम्तिमा २१ जनाको मृत्यु

इकागज | मंसिर २, २०७९

एजेन्सी - गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण  आगलागी हुँदा सात बालबालिकासहित कम्तिमा ...

कार र ग्यासका कारण अक्टूबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

इकागज | मंसिर १, २०७९

वासिङ्टन- अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार ...