विश्व

अमेरिकी र रुसी जासूस प्रमुखबीच आमने सामने भेट

इकागज | कात्तिक २९, २०७९

मस्को- युक्रेनमा मस्कोको आणविक खतरा र रुसले “अन्यायपूर्वक“ राखेका अमेरिकी कैदीहरूबारे छलफल गर्न अमेरिकी र रुसी जासूस प्रमुखहरूले आमनेसामने भेट गरेका छन् । सीआईए निर्देशक विलियम बर्न्स र उनका रुसी समकक्ष सर्गेई नारिस्किनबीच सोमबार टर्कीको राजधानी अंकारामा छलफल भएको थियो । 

क्रेमलिनले वार्ता “अमेरिकी पक्षको पहल“ को रूपमा आएको जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अधिकारीहरूबीचको यो उच्चस्तरीय सार्वजनिक बैठक हो ।

सन् २००५ देखि सन् २००८ मा रुसका लागि राजदूत बनेका र रुसी भाषा बोल्ने बर्न्स रुसी भाषा बोल्छन् । उनले युद्धको अन्त्यको लागि वार्ता गरिरहेको थिएन । उनको सन्देश “रूसले आणविक हतियारको प्रयोगको नतिजामा“ र “रणनीतिक स्थिरतामा वृद्धिको जोखिम“बारे रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा जनाएको छ । 

हालैका महिनाहरूमा अमेरिकाले बारम्बार मस्कोलाई युक्रेनमा रणनीतिक आणविक हतियारहरू प्रयोग नगर्न चेतावनी दिएको छ, तथापि क्रेमलिनले त्यसको संकेत देखाइरहेको छ । एजेन्सी

जेल परेका जाम्बियाली विद्यार्थी युक्रेन युद्धामा मारिएको भन्दै क्रेमलिनसँग स्पष्टीकरण माग

इकागज | कात्तिक २९, २०७९

लुसाका- जाम्बियाका विदेश मन्त्रीले रुसमा जेल परेका एक जाम्बियाली विद्यार्थी युक्रेन युद्धामा मारिएको भन्दै...

राष्ट्रपति सी जिनपिङसँग भेटेपछि बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

इकागज | कात्तिक २९, २०७९

बाली - अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग &lsqu...

यौन दुर्व्यवहार गर्ने अस्ट्रेलियाली नागरिकलाई १२९ वर्ष कैद सजाय

इकागज | कात्तिक २८, २०७९

सिड्नी- मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्ति...

अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

इकागज | कात्तिक २८, २०७९

न्युयोर्क - निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेक...