विश्व

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा एक भारतीयद्वारा आत्मदाह

इकागज | मंसिर ११, २०७९

काठमाडौँ - हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । 

दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, `मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु पर्‍यो ? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।`

सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर अङ्ग्रेजी मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।

सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।

तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।

हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् । तर विपक्षीहरूले उनको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसै कारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।

थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।

मोदी सरकारको भाषा नीतिको आलोचना गर्ने पार्टीका नेता एमके स्टालिनले थंगावेलको परिवारप्रति समवेदना प्रकट गर्दै यस बिषयले अन्यलाई यस्ता चरम विरोध प्रदर्शनबाट जोगिन आग्रह गरेका छन् । 

उनले केन्द्र सरकारले भाषा विभेदी नीति ल्याएको विरोध गर्दै भने, `यसका लागि हामीले अर्को जीवन गुमाउनु हुँदैन ।`

यसअघि सन् १९६० को दशकमा तत्कालीन सत्तारुढ काङ्ग्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो । रासस

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो : किम

इकागज | मंसिर ११, २०७९

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्तिसम्पन्...

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान

इकागज | मंसिर ११, २०७९

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सा...

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट : पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

इकागज | मंसिर १०, २०७९

मस्को- ‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहे...

ग्रेटा थनबर्गसहित ६०० जनाले किन दायर गरे सरकारविरुद्ध मुद्दा ?

इकागज | मंसिर १०, २०७९

स्टकहोम- स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा  बढी युवाहरूले शुक्रबार स्विडेनको रा...

मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

इकागज | मंसिर ९, २०७९

जेनेभा- संयुक्त राष्ट्रसंघले भू–मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप ...