विश्व

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

इकागज | मंसिर १८, २०७९

काठमाडौं - कतारमा जारी फिफा विश्वकपको प्रिक्वाटरफाइनल खेलअघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो । 

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुवै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुवै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो । 

ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ । 

यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन् । 
 

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

इकागज | मंसिर १७, २०७९

काठमाडौँ - अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा...

प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

इकागज | मंसिर १७, २०७९

प्योङयाङ- उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्...

इन्डोनेसियामा खोकीको सिरप खाँदा १९९ जनाको मृत्यु प्रकरण : दर्जनौँले दिए सरकारविरुद्ध उजुरी

इकागज | मंसिर १७, २०७९

बाली- इन्डोनेसियामा खोकीको सिरप खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्...