विश्व

सुरूङमा ट्यांकर विष्फोट हुँदा १७ जनाको मृत्यु

इकागज | पुस ३, २०७९

काबुल - राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्यांकर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । 

विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन । केही मृतकहरू नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । 

पाँच जना महिला र दुई जना बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विष्फोटसँगै लागेको आगो आइतबारमात्र निभाइएको थियो । 
रासस

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

इकागज | पुस ३, २०७९

सियोल - प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको के...

युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

इकागज | पुस ३, २०७९

किभ - ​रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै ...