विश्व

काबुलमा सेनाको विमानस्थल बाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

इकागज | पुस १८, २०७९

काबुल- काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।

विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् । उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो । उक्त विस्फोटमा चार जना घाइते भएका थिए ।

पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ । पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ । एजेन्सी

फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र

इकागज | पुस १७, २०७९

मनिला - फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उ...

‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र रचेको’ आरोपमा जेल परेका इरानी पत्रकार किभान रिहा

इकागज | पुस १७, २०७९

तेहरान - सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र रचेको’ अभियोगमा जेल परेका ...

वर्षान्त २०२२ : महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो ...