विश्व

भारतीय विदेशमन्त्रीको आरोपः चीनले एलएसीलाई एकतर्फी रूपमा परिवर्तनको प्रयास गर्‍यो

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली - भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने सीमा रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढंगले परिवर्तन नगर्ने सम्झौता थियो,  जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् ।'

एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।

'चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं ', उनले भने ।
 

श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

इकागज | पुस १९, २०७९

कोलम्बो - आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान...

पर्यटक आकर्षित गर्न दुबईले घटायो मदिरा बिक्रीमा ३० प्रतिशत कर

इकागज | पुस १९, २०७९

दुबई- धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३०...

बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

इकागज | पुस १९, २०७९

सेनेगल- सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभ...