विश्व

सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

इकागज | पुस २६, २०७९

बेलायत - बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण  बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन् । 

मंगलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतबार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाएका हुन्  । 

बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उनकी पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ ।

अन्तर्वार्तामा ह्यारीले आफू र मेघनलाई सौतिनी आमाका कारण सञ्चारमाध्यमले सताएका तथा त्यसले आफ्ना दाजु विलियम र उनकी पत्नी केटसँग सम्बन्ध बिग्रएको बताउँदै सञ्चारमाध्यमले नै  आफूहरूलाई सधैँ एकअर्काका विरूद्ध उभ्याएको उल्लेख गरे ।  मेघन र केटबीचको सम्बन्ध पनि त्यस्तै बनाएको उनको आरोप छ । 

अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि शाही परिवारमा जन्मदै नजन्मेको आफ्नो सन्तान रङ्गभेदको शिकार भएको ह्यारीले बताए । पुस्तकामा उनले आफ्नी आमा डायनाको असामयिक निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।  

यसअघि ह्यारीले आफ्ना दाजु विलियमबाट आफूमाथि भौतिक आक्रमण भएको  मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको खुलासा गरेका थिए । 

स्पेयरमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् ।  लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिघंम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन् । । 

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् ।  दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको,  फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइते भएपछि दाजुले क्षमा याचना गरेको पनि उनले लेखेका छन् ।  

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको, कौमार्य भङ्ग भएकोलगायत प्रसङ्गमा पनि संस्मरणमा समावेश छ । रासस

टिकटकबाट एक लाख डलर पाएपछि ८२ वर्षीय वृद्धले कामबाट अवकाश लिने

इकागज | पुस २६, २०७९

काठमाडौँ- अमेरिकाको वालमार्टमा क्यासियरको काम गर्ने ८२ वर्षीय वृद्धले अवकाश लिने भएका छन् । मेरिल्यान्ड न...

ब्राजिलमा संसद्‌ भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा तोडफोडमा संलग्न १५ सय जना पक्राउ

इकागज | पुस २६, २०७९

ब्रासिलिया- ब्राजिलमा संसद्‌ भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा घुसपैठ र तोडफोडमा संलग्न १५ ...

मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट

इकागज | पुस २६, २०७९

गोवा- मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर...

सुडानमा राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि...

इकागज | पुस २५, २०७९

सुडान- दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरू...