विश्व

मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु

इकागज | पुस २२, २०७९

मेक्सिको सिटी- जेलमा रहेका लागूऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ ।

उक्त झडपमा १० सैनिक र १९ जना सन्दिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

'दुर्भाग्यवस, कर्तव्यपालनका क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,' रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भने । बिहीबारको कारबाहीमा ‘कानुन उल्लङ्घन गर्ने’ १९ जना सन्दिग्ध लागूऔषध कारोबारी पनि मारिएका उनले बताए ।  

सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।

उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।

ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।

बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो । सिन्ह्वा

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि परिवारकाे सातै जनाको हत्यापछि आत्महत्या

इकागज | पुस २२, २०७९

एनोक, (उटाह)- श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषल...

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न टर्कीको पुटिनसँग आग्रह

इकागज | पुस २१, २०७९

इस्तानबुल - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेन...

पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौँको भीड

इकागज | पुस २१, २०७९

भ्याटिकनसिटी - संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको अन्त्येष्टि...

क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी

इकागज | पुस २१, २०७९

सीउल - दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागर...