विश्व

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्यांक सार्वजनिक नगर्ने

इकागज | पुस १०, २०७९

बेइजिङ- विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । 

परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए । एजेन्सी

दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

इकागज | पुस १०, २०७९

जोहानेसबर्ग - दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४...

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

इकागज | पुस ९, २०७९

काबुल - अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न ...

म्यान्मारकी सुकीविरूद्ध जुन्ता सरकारले लगाएको मुद्दाको अन्तिम फैसला आगामाी हप्ता सुनाउँदै

इकागज | पुस ९, २०७९

याङ्गुन - म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सु...

श्रीलंकाको अर्थतन्त्रमा सुधार हुँदै, बीस दिनमा पचास हजार विदेशीले गरे भ्रमण

इकागज | पुस ९, २०७९

कोलम्बो - आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेक...