विश्व

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

इकागज | मंसिर २३, २०७९

वासिङ्टन - अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।  

प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् ।

 म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले  हालै सार्वजनिक गरेको चीनको सैन्य सामथ्र्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रुसलाई अमेरिकी चुनौतीका रुपमा प्रस्तुत गरेको थियो । चीन र रुसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेका पेन्टागनले बताउँदै आएको छ ।
रासस

बुल्गेरिया र रोमानियालाई पासपोर्टमुक्त क्षेत्र बनाउने नयाँ प्रयास

इकागज | मंसिर २३, २०७९

गिर्गु, रोमानिया- यूरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू)का मन्त्रीको ...

भियतनाममा यस वर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु

इकागज | मंसिर २२, २०७९

हनोई- भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् त...

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

इकागज | मंसिर २२, २०७९

काठमाडौँ - भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मत...