विश्व

‘चीन–भारत सीमाको स्थिति सामान्य छ’

इकागज | मंसिर २७, २०७९

बेइजिङ - गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज यहाँ भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ । 

चिनियाँ जनमुक्ति सेना (पीएलए)वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो । 

यसैबीच, लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताए । साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिए ।  

भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर संसद्मा आज विपक्षी सांसदहरुले हङ्गामा गरेका थिए । रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोकसभाबाट बाहिरिएका थिए । 
रासस

यात्रुले सुत्केरी हुन लागेको नाटक गरेपछि विमानको आकस्मिक अवतरण, १४ यात्रु फरार

इकागज | मंसिर २७, २०७९

म्याड्रिड- स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यवसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी ...

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले किन आह्वान गरे युक्रेनबारे सम्मेलन ?

इकागज | मंसिर २७, २०७९

पेरिस- फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्धको क...

भारत-चीनका सेनाबीच झडपः विवाद ‘दबाउने’ मोदी प्रवृत्तिले दुस्साहस बढेको विपक्षीको आरोप

इकागज | मंसिर २७, २०७९

नयाँ दिल्ली - ​अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछ...

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

इकागज | मंसिर २७, २०७९

सिड्नी- अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रह...

इरानमा सरकाविरोधी प्रदर्शनमा उत्रिएका दोस्रो व्यक्तिलाई पनि मृत्युदण्ड

इकागज | मंसिर २७, २०७९

तेहरान- इरानले देशमा जारी विरोध प्रदर्शनबीच पक्राउ परेका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ । हिजाब...

सुरक्षा परिषद्‌मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

इकागज | मंसिर २६, २०७९

मस्को- रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन ...