विश्व

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

इकागज | मंसिर २०, २०७९

जापान - जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।

श्रम मन्त्रालयले मंगलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्यांकले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकांक लगातार सातौँ महिना घटेको देखाएको छ ।

अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको छ थियो ।

बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन–अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो । 
रासस

चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह

इकागज | मंसिर २०, २०७९

काठमाडौँ - जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व...

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

इकागज | मंसिर १९, २०७९

काठमाडौँ - पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सा...

गुजरात विधान सभा निर्वाचनमा मोदीकी १०० बर्षीया आमाले गरिन् गान्धीनगरबाट मतदान

इकागज | मंसिर १९, २०७९

काठमाडौँ - प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि स...

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन् : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

इकागज | मंसिर १९, २०७९

बेइजिङ- चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले क...