विश्व

भारतको नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्की

इकागज | पुस ७, २०७९

नयाँ दिल्ली- देशको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ । सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो । पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए । अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो । एजेन्सी 
 

तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध

इकागज | पुस ६, २०७९

काबुल- कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिब...