विश्व

सांसदहरूको प्रतिवेदन भन्‍छ- ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन् अयोग्‍य

इकागज | पुस ९, २०७९

न्युयोर्क- विद्रोह उक्साएपछि डोनाल्ड ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन दिन नहुने अमेरिकी क्यापिटलमा गत वर्ष भएको आक्रमणको अनुसन्धान गरिरहेका सांसदहरूले आफ्नो अन्तिम प्रतिवेदनमा निष्कर्ष निकालेका छन् ।

गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि  पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो ।​

विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको थियो । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’  लगाएको दाबी गरेका छन् । एजेन्सी 

रोकिएन उत्तर कोरियाको आणविक मोह, छोटो दुरीका दुई ब्यालिस्टिक मिसाइल प्रहार

इकागज | पुस ९, २०७९

प्योङयाङ- उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ...

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा आगामी वर्ष हुने आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

इकागज | पुस ८, २०७९

थाइल्याण्ड- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डम...