विश्व

चीनमा बढ्दै कोभिड संक्रमण

इकागज | पुस १२, २०७९

बेइजिङ - चीनमा कोभिड संक्रमण बढ्न थालेपछि बेइजिङले चाँडै नै सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ विरुद्धको औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ  । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । 

चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् । 

यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ ।

यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ । एजेन्सी

महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित, धमाधम काम रोक्दै विदेशी सहायता समूह

इकागज | पुस ११, २०७९

काबुल- तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (...

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

इकागज | पुस १०, २०७९

जोहानेसबर्ग- दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानस...