विश्व

आतंकवादी आक्रमणमा ६ जना सुरक्षाकर्मी मारिए

इकागज | पुस १२, २०७९

इस्लामावाद - पाकिस्तानको बलुचिस्तानमा भएको आतंकवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् । 

लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ । 

दूर नियन्त्रित उपकरणबाट आतंकवादीले विष्फोट गराएका थिए । आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए । 
 

ब्रिटिस कोलम्बियामा हिउँमा बस चिप्लिँदा चार जनाको मृत्यु, ५० बढी अस्पताल भर्ना

इकागज | पुस १२, २०७९

ओटावा- क्रिमसको पूर्वसन्ध्यामा बसमा यात्रामा निस्किएको टोली चढेको बस दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा चिप्...