विश्व

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

इकागज | पुस १४, २०७९

लस एन्जलस - संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिड-१९ को सङ्क्रमण हुने गरेको छ । पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्ला हप्ताहरूमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरूको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।

ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरूमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरूको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् । 
 

महिलामाथिको प्रतिबन्धका कारण अफगानिस्तानमा केही महत्वपूर्ण कार्य रोकिएः राष्ट्रसंघ

इकागज | पुस १४, २०७९

न्युयोर्क - संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अ...

अमेरिकामा हिमपातको कहरः सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मीनलमै सुत्न बाध्य

इकागज | पुस १४, २०७९

न्युयोर्क - घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्...

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री 'रोड शो'मा भागदौड मच्चिँदा आठ जनाको मृत्यु

इकागज | पुस १४, २०७९

नयाँ दिल्ली - आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभिय...

राष्ट्रसंघले तालिबानलाई भन्यो- महिला लक्षित नीति तत्काल खारेज गरियोस्

इकागज | पुस १३, २०७९

न्युयोर्क- तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  संयुक्त र...

रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध

इकागज | पुस १३, २०७९

मस्को- रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनी...

इन्डोनेसिया पुगेका शरणार्थीहरूलाई अस्थायी रूपमा सरकारी सुविधामा राखिने

इकागज | पुस १३, २०७९

बाली - दर्जनौं रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्...