विश्व

भेनेजुएलाका विपक्षीद्वारा समानान्तर सरकार खारेज गर्ने पक्षमा मतदान

इकागज | पुस १७, २०७९

काराकस- भेनेजुएलाको विपक्षी दलले आफ्नो समानान्तर सरकार भंग गर्ने र आफ्ना नेता जुआन गुएइदोलाई हटाउने पक्षमा मतदान गरेका छन् ।

विवादित चुनावमा निकोलस मदुरो पुनः निर्वाचित भएपछि गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेको चार वर्षपछि यो कदम आएको हो । उनलाई अमेरिकासहित धेरै पश्चिमी देशहरूले मान्यता दिए, तर वामपन्थी राष्ट्रपतिलाई हटाउन असफल भए ।

मतदानले भेनेजुएलाका अधिकांश विपक्षी राजनीतिज्ञहरूले गुएडोमाथिको विश्वास गुमाएको देखाउँछ ।

नेसनल एसेम्ब्लीमा भएको निर्वाचनमा उनको अन्तरिम सरकारलाई खारेज गर्ने पक्षमा ७२ र विपक्षमा २९ मत परेको थियो ।  सांसदहरूले देशको विदेशी सम्पत्तिहरू नियन्त्रण गर्न आयोग नियुक्त गर्न पनि मतदान गरे । भेनेजुएलामा सन् २०२४ मा चुनाव गर्नुपर्ने तालिका छ । भेनेजुएलाको लामो समयदेखि चलिरहेको राजनीतिक र मानवीय संकटले सन् २०१५ यता करिब ७० लाख मानिसहरूले देश छोडेका छन् । एजेन्सी
 

उत्तर कोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

इकागज | पुस १६, २०७९

सोल - प्रतिद्वन्द्वी दक्षिण कोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उ...

कम्बोडियाली क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ को मृत्यु भएको पुष्टि

इकागज | पुस १६, २०७९

पोइपेट - कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएक...