विश्व

विषाक्त मदिराले  भारतमा ३७ जनाको मृत्यु

इकागज | पुस २, २०७९

भारत - विषाक्त  मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ ।  विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको बताएका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ ।  

पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् ।

त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा  भर्ना भएका छन्।

गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्,ू प्रहरी अधिकारीले एएफपीलाई  बताएका छन् ।
 अहिलेसम्म ३७ जनाको ज्यान गएको छ। उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन् ।

प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ ।

स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।

पेरुमा राजनीतिक संकट : राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु

इकागज | पुस २, २०७९

लिमा- पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रद...

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

इकागज | पुस २, २०७९

संयुक्त राष्ट्रसंघ- चीनले आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त ...

इयु नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

इकागज | पुस २, २०७९

ब्रसेल्स- युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजला...

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई 'गुजरातको कसाइ' भनेपछि...

इकागज | पुस २, २०७९

इस्लामाबाद- भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत ...

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

इकागज | पुस २, २०७९

क्वालालम्पुर- मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २...