विश्व

इरानमा प्रर्दशनमा संलग्न भएको आरोपमा दुई किशोरलाई फाँसी

इकागज | पुस १९, २०७९

तेहरान- इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्ताहरूलाई डर छ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो । एजेन्सी 
 

अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

इकागज | पुस १९, २०७९

सिड्नी - अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु ...

युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को

इकागज | पुस १८, २०७९

मस्को - पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आ...

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

इकागज | पुस १८, २०७९

ल्हासा - चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मंगलबारदेखि सर्वसाधारणका ल...