विश्व

अमेरिकामा एफएएको कम्प्युटरमा समस्या आएपछि सयौँ उडान अवरूद्ध

इकागज | पुस २७, २०७९

अमेरिका - संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । 

अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन् । 

ढिलाई भएका अधिकांश उडानहरू रूरूमा पूर्वी क्षेत्रका केन्द्रित भएपनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । 

एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ । 

एफएएले भनेको छ, “हामी अन्तिम प्रमाणिकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं । “राष्ट्रिय वायुसेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ । 

एफएएले केही लाइनले काम गर्न थालेका छन्, तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको छ । 

यातायात मन्त्री पीट बटिजिगले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, 'म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।' 

युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायी रूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ ।

एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ । 

सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा पेरुका राष्ट्रपतिमाथि अनुसन्धान सुरु

इकागज | पुस २७, २०७९

पुनो (पेरु) - पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान...

उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु

इकागज | पुस २६, २०७९

अबुजा - देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यक...