विश्व

गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

इकागज | कात्तिक २२, २०७९

जेनेभा-विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् ।    
    
क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको बताएका हुन् ।    
    
युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ ।    
    
 विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ । (रासस-एएनआई)

अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोड बढीले गरे प्रारम्भिक मतदान

इकागज | कात्तिक २२, २०७९

न्युयोर्क- मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दु...

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

इकागज | कात्तिक २१, २०७९

प्योङयाङ- उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई 'खुला उत्तेजक ...

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो

इकागज | कात्तिक २१, २०७९

न्युयोर्क -​ एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटा...

चुनावी र्‍यालीमा गोली लागेर घाइते भएका इमरान खान उपचारपछि डिस्चार्ज

इकागज | कात्तिक २१, २०७९

इस्लामाबाद - पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्...

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

इकागज | कात्तिक २०, २०७९

बेरुत- विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । ...