क्रिकेट

टी-ट्वान्टीमा जापान १६६ रनले विजयी हुँदा मंगोलिया ३३ रनमै अलआउट

इकागज |
बैशाख २५, २०८१ मंगलबार १६:३८ बजे

काठमाडौँ- घरेलु टोली जापानविरुद्धको ७ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली मंगोलिया ३३ रनमै अलआउट भएको छ । यससँगै जापानले खेल १ सय ६६ रनले जितेको छ ।

मंगलबारको खेलमा २ सय रनको लक्ष्य पछ्याएको मंगोलियाले १२ ओभर ४ बलमा सबै विकेट गुमाएर केवल ३३ रन बनाउन सक्यो । मंगोलियाका लागि हितेश उपाध्यायले सर्वाधिक ८ रन बनाए ।


जापानका लागि चार्ल्स हिन्जेले सर्वाधिक ४ तथा इब्राहिम ताकाहासी र काजुमा काटो-स्टाफोर्डले २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो । जापानका लागि वातारु मियाउचीले सर्वाधिक ७२ तथा साबोरिश रविचन्द्रनले ५४ रन बनाए ।

मंगोलियाका लागि लुभ्सान्जुन्डुइ इर्डेनेबल्गनले सर्वाधिक ३ विकेट हात पारे ।


Author

थप समाचार
x