फुटबल

प्रिमियर लिगः लुटोनले रेलिगेसन जोनभन्दा माथि जाने अवसर गुमायो

इकागज |
बैशाख २२, २०८१ शनिबार १०:३२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत लुटोन टाउनले रेलिगेसन जोनभन्दा माथि जाने अवसर गुमाएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा एभर्टनसँग १-१ गोलको बराबरी खेलेसँग लुटोनले रेलिगेसन जोनभन्दा बाहिर आउने अवसर गुमाएको हो ।


काल्भर्ट-लेविनले २४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर लुटोनका इलिजाह अडेबायोले ३१ औँ मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै ३६ खेलबाट ३७ अंक जोडेको एभर्टन १५ औँ स्थानमा छ भने ३६ खेलबाट २६ अंक जोडेको लुटोन १८ औँ स्थानमा छ ।


Author

थप समाचार
x