सरकार

मन्त्रिपरिषद् बैठक

पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीनजना नियुक्त

इकागज |
चैत १६, २०८० शुक्रबार १७:९ बजे

काठमाडौँ- सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको जानकारी दिइन् ।


बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशका लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड स्वीकृत गरेको छ भने वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशका लागि रु. ६० अर्ब र स्थानीय तहहरूको लागि रु.८८ अर्ब स्वीकृत गरिएको उनले बताए ।

बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृति दिएको छ भने प्रशासन सेवा सामूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x