घटना-दुर्घटना

गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

इकागज |
बैशाख २५, २०८१ मंगलबार २१:१२ बजे

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक बस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रेफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो ।


प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष २३ का सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।


Author

थप समाचार
x