राजनीति

प्रदेश १ कांग्रेस अधिवेशन : ६ सय मत गणना हुँदा गुरुराजको अग्रता कायमै

इकागज |
मंसिर १९, २०७८ आइतबार १९:४१ बजे

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को जारी मतगणनामा संस्थापन इतरका सभापतिका उम्मेद्ववार गुरुराज घिमिरे २३ मतले अग्रता कायम गरेका छन् । निर्वाचन समितिकाअनुसार ६ सय मत गन्दा घिमिरेले २ सय ९९ मत प्राप्त गरेका हुन् । संस्थापन पक्षका उद्वव थापाले २ सय ७६ मत प्राप्त गरेका छन् ।

दुई उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी र टंकप्रसाद राई अगाडि देखिएका छन् । रायमाझीले २ सय ९२ र राईले २ सय ८३ मत पाएका छन् । इतर पक्षका गोविन्दप्रसाद ढुंगानाले २ सय ५७ र विश्वनाथ रिजालले २ सय ३३ मत प्राप्त गरेका छन् ।


महामन्त्रीमा भने इतर पक्षका उमेश थापा २ सय ७९ मतका साथ अगाडि छन् । इतर पक्षकै अर्का महामन्त्रीका उम्मेदवार दिपन कुमार श्रेष्ठले २ सय ६५ मत प्राप्त गरेका छन् । श्रेष्ठभन्दा दुई मतले संस्थापन पक्षका भुपेन्द्र राई अगाडि छन् । राईले २ सय ७० मत प्राप्त गरेका हुन् । संस्थापनकै पदम सुन्दर पालुङ्वाले २ सय ६९ मत प्राप्त गरेका छन् । 

सभापति 
१- गुरुराज घिमिरे-२९९ 
२- उद्वव थापा-२७६ 

उपसभापति (२ जना) 
१- गोविन्दप्रसाद ढुंगाना-२५७ 
२- टंक प्रसाद राई-२८३ 
३- रमेशजंग रायमाझी-२९२ 
४- विश्वनाथ रिजाल-२३३ 

महामन्त्री (२ जना) 
१- उमेश थापा-२७९ 
२- दिपन कुमार श्रेष्ठ-२६५ 
३- पदम सुन्दर पालुङ्वा-२६९ 
४- भुपेन्द्र राई-२७० 

सह-महामन्त्री (महिला-१) 
१- प्रमिला गच्छदार-२७८ 
२- सीता कार्की-२७२ 

सह-महामन्त्री (२ जना) 
१- खड्ग फागो-३४५ 
२- रोहित कुमार साह-२२७ 
३- बिनोद कुमार बस्नेत-२६४ 
४- वीरकाजी राई-२२८ 
५- शुभषचन्द्र राई-२१


आइतबार बिहान ८ बजेबाट सुरू गर्ने भनिएको मतगणना आवश्यक तयारी नपुगेको भन्दै अपराह्न २ बजेमात्रै सुरू भएको थियो । पदाधिकारीतर्फ दुई स्थानमा गणना भइरहेको छ । सदस्यहरूको पाँच स्थानमा गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । एक हजार ८ सय ४ मत कायम रहेकोमा शनिबार सम्पन्न मतदानमा एक हजार ७ सय ५२ मत खसेको थियो ।


Author

थप समाचार
x